Sunday 6 December 2015

गजल

Posted by Unknown | 19:45 Categories: ,

शहरमा मन काट्ने धार देखेँ
बरु पाखे भनिने मन उदार देखेँ

जति शिक्षित भएँ भन्छ यो शहर
संस्कृतीमाथी उति नै प्रहार देखेँ

शहरका गगनचुम्बी महल रिझाएर
गाउँमा दमन गर्ने सरकार देखेँ

मन भित्र पापको झोली बोकेर
निधारमा ॐकार मुहार देखेँ

केही समयको यो शहर बसाइमा
शहरिया जीवनको स्वार्थी सार देखेँ


0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube