Monday, 14 December 2015

मेरो मन माझ फुलोस यस्तो होस जीवन साथी
साथमा मेरो संसार भुलोस यस्तो होस जीवन साथी

दुनियाँ यो हेर्छ छुट्टै नजरले हर मान्छेलाई
मेरो सामु सधैं खुलोस यस्तो होस जीवन साथी

उज्यालो हुन धरतीमा घाम मुस्काउनै पर्छ
ओठमा सधैं हाँसो झुलोस यस्तो होस जीवन साथी

आवरणमा मात्र त के नै पढ्न पाइन्छ र
मेरो अन्तरंग डुलोस यस्तो होस जीवन साथी

म उसलाई आफ्नो मनमा सधैं गर्व गरिरहुँ
थोपाथोपा रगतमा घुलोस यस्तो होस जीवन साथी

0 comments:

Post a Comment