दुरि धेरै भएर हो तारामा नि ताप छ
देखिन्न हरेकको मन भित्र राप छ
देशबाट धेरै टाढा बसेको छ परदेशी
राष्ट्रियता मनमा खाप माथी खाप छ
आफ्नो खुशी मान्छे खै कहाँ गर्दो हो
मताधिकार गर्न लाई पनि करकाप छ
मन मुहारमा खुल्दैन डुब्न सक्नुपर्छ
बुझ्छ को नयनमा कसमा कति चाप छ
बर्तमानमा बाँच्दा रमाइलो जिन्दगी आहा
हेर्दैछु भविष्य एकदमै धराप ...
Wednesday, 30 March 2016
निष्ठुरी भो जगत यहाँ प्यार भेटिँदैन
खोजे जस्तो कहिँ कतै दिलदार भेटिँदैन
लडेको मान्छेलाई कुल्चिएर हिँड्छ्न
बिपतमा पर्दा पनि उद्धार भेटिँदैन
शिक्षाले चेतनाको बिकाश गर्दा होला
सोचाइमा समाजको सुधार भेटिँदैन
हत्या,बलात्कारका धेरै छन प्रमाण
गौरव गर्न योग्य कुनै अखबार भेटिँदैन
अझै कति भक्ती गर्न मन्दिर तिर जाउँ?
भगवानले सुन्ने कुनै पुकार भेटिँदै...
मान्छेले ढुंगलाई भगवान भनिदियो
मन्दिर जानू देवता भेट्नु समान भनिदियो
मान्छे मारेर जो सत्ता सम्हाल्न पुग्यो
अज्ञानी जमातले महान भनिदियो
भ्रष्टचारीलाई मैले जुत्ता माला दिएँ
कानुनले त्यो साहस अपमान भनिदियो
देश लुट्ने अझै मौका दिनलाई होला
राजनीतिले वृद्ध लाई जवान भनिदियो
म सफलताको चरम चुली पुग्दै थिएँ
ईर्ष्या गर्यो समाजले सावधान भनिदि...