Wednesday 30 March 2016

गजल

Posted by Unknown | 20:44 Categories: ,

टुक्रीएको एउटा दिल छ जिवनमा
आशाहरु सबै शिथिल छ जिवनमा

समय थोरै छ भ्याइनभ्याई आफू
अनेक वाधाबिच मन्जिल छ जिवनमा

जो किन गाह्रो फुटे जोड्नै नहुने
नाता रहेछ संवेदनशील छ जिवनमा

भार ठानी जिन्दगीलाई मार्छन कोहि
कोहि बाँच्न गर्दैछ्न अपिल जिवनमा

गुनासो निराशामा कति बाँचौ आफैँ
अब जमाउनु  मेहफिल छ जिवनमा

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube