Wednesday 30 March 2016

गजल

Posted by Unknown | 20:44 Categories: ,

निष्ठुरी भो जगत यहाँ प्यार भेटिँदैन
खोजे जस्तो कहिँ कतै दिलदार भेटिँदैन

लडेको मान्छेलाई कुल्चिएर हिँड्छ्न
बिपतमा पर्दा पनि उद्धार भेटिँदैन

शिक्षाले चेतनाको बिकाश गर्दा होला
सोचाइमा समाजको सुधार भेटिँदैन

हत्या,बलात्कारका धेरै छन प्रमाण
गौरव गर्न योग्य कुनै अखबार भेटिँदैन

अझै कति भक्ती गर्न मन्दिर तिर जाउँ?
भगवानले सुन्ने कुनै पुकार भेटिँदैन

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube