Wednesday, 30 March 2016

गजल

Posted by Unknown | 20:44 Categories: ,

मान्छेले ढुंगलाई भगवान भनिदियो
मन्दिर जानू देवता भेट्नु समान भनिदियो

मान्छे मारेर जो सत्ता सम्हाल्न पुग्यो
अज्ञानी जमातले महान भनिदियो

भ्रष्टचारीलाई मैले जुत्ता माला दिएँ
कानुनले त्यो साहस अपमान भनिदियो

देश लुट्ने अझै मौका दिनलाई होला
राजनीतिले वृद्ध लाई जवान भनिदियो

म सफलताको चरम चुली पुग्दै थिएँ
ईर्ष्या गर्‍यो समाजले सावधान भनिदियो

0 comments:

Post a Comment

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube