Wednesday, 30 March 2016

गजल

Posted by Unknown | 20:44 Categories: ,

दुरि धेरै भएर हो तारामा नि ताप छ
देखिन्न हरेकको मन भित्र राप छ

देशबाट धेरै टाढा बसेको छ परदेशी
राष्ट्रियता मनमा खाप माथी खाप छ

आफ्नो खुशी मान्छे खै कहाँ गर्दो हो
मताधिकार गर्न लाई पनि करकाप छ

मन मुहारमा खुल्दैन डुब्न सक्नुपर्छ
बुझ्छ को नयनमा कसमा कति चाप छ

बर्तमानमा बाँच्दा रमाइलो जिन्दगी आहा
हेर्दैछु भविष्य एकदमै धराप

गजल

Posted by Unknown | 20:44 Categories: ,

निष्ठुरी भो जगत यहाँ प्यार भेटिँदैन
खोजे जस्तो कहिँ कतै दिलदार भेटिँदैन

लडेको मान्छेलाई कुल्चिएर हिँड्छ्न
बिपतमा पर्दा पनि उद्धार भेटिँदैन

शिक्षाले चेतनाको बिकाश गर्दा होला
सोचाइमा समाजको सुधार भेटिँदैन

हत्या,बलात्कारका धेरै छन प्रमाण
गौरव गर्न योग्य कुनै अखबार भेटिँदैन

अझै कति भक्ती गर्न मन्दिर तिर जाउँ?
भगवानले सुन्ने कुनै पुकार भेटिँदैन

गजल

Posted by Unknown | 20:44 Categories: ,

मान्छेले ढुंगलाई भगवान भनिदियो
मन्दिर जानू देवता भेट्नु समान भनिदियो

मान्छे मारेर जो सत्ता सम्हाल्न पुग्यो
अज्ञानी जमातले महान भनिदियो

भ्रष्टचारीलाई मैले जुत्ता माला दिएँ
कानुनले त्यो साहस अपमान भनिदियो

देश लुट्ने अझै मौका दिनलाई होला
राजनीतिले वृद्ध लाई जवान भनिदियो

म सफलताको चरम चुली पुग्दै थिएँ
ईर्ष्या गर्‍यो समाजले सावधान भनिदियो

गजल

Posted by Unknown | 20:44 Categories: ,

टुक्रीएको एउटा दिल छ जिवनमा
आशाहरु सबै शिथिल छ जिवनमा

समय थोरै छ भ्याइनभ्याई आफू
अनेक वाधाबिच मन्जिल छ जिवनमा

जो किन गाह्रो फुटे जोड्नै नहुने
नाता रहेछ संवेदनशील छ जिवनमा

भार ठानी जिन्दगीलाई मार्छन कोहि
कोहि बाँच्न गर्दैछ्न अपिल जिवनमा

गुनासो निराशामा कति बाँचौ आफैँ
अब जमाउनु  मेहफिल छ जिवनमा

Friday, 26 February 2016

गजल

Posted by Unknown | 04:02 Categories: ,

बाबुआमा बेसहारा भइदिए हेर्दाहेर्दै
अनि सन्तान आवारा भइदिए हेर्दाहेर्दै

सुख सँगै खुशी ल्याउँछ सन्तानले भन्थे
कल्पना भो आँशुधारा भइदिए हेर्दाहेर्दै

जमाना के आयो अब म खै के बुझुँ?
बाआमा वृद्वाश्रम नारा भइदिए हेर्दाहेर्दै

ज्युन छ धेरै गाह्रो बुढेशकाल ढल्दै जाँदा
भोलिका दिन झन अप्ठ्यारा भइदिए हेर्दाहेर्दै

कर्तव्य साथ दुधको भार खै कसले देख्यो?
आफ्नै सन्तान जुनतारा भइदिए हेर्दाहेर्दै

Saturday, 9 January 2016

गजल

Posted by Unknown | 17:31 Categories: ,

अक्सर यादहरु छन रुवाइदिने
आँशुहरु छन गला धुवाइदिने

जो निमेषभरमै छोडेर गइदिन्छन
अवसरवादी हुन कसम खुवाइदिने

साथ जुनि भरी दिन्छु भन्दै मनमा
वरिपरि छन चोटले छुवाइदिने

रोकिन्नन आँसु सकिन्न रहेछ
बग्यो नदि सरि जमिन नुहाइदिने

माया लाउँछन अनि दुर दुर भाग्छ्न
नजर सामुमा नै आँसु चुहाइदिने

Tuesday, 5 January 2016

गजल

Posted by Unknown | 19:49 Categories: ,

को गर्दछ देशलाई माया हेर्छु म मनबाट
अनि के दिन चाह देशलाई जीवन बाट

नाम मात्रका देश भक्तिको घुइँचो छ देशमा
दिँदैछन तिलान्जली जनता आफ्नोपन बाट

अधिकार पाउन जीवन त्याग्न सक्छन बरु
पन्छिन्छन पुरै आफ्नो कर्तव्य बहन बाट

सिमा मिच्दा देश रुन्छ चिच्याउँछ सकेसम्म
बहिरा छन सायद सबै उठ्दैनन शयन बाट

खोक्रो नारा बजारमा छ गर्व छ नेपाली हुन
देशको लागि भाग्छन तर जीवन समर्पण बाट

Monday, 4 January 2016

गजल

Posted by Unknown | 03:20 Categories: ,

मनमा अनगिन्ती आउने रहरको भर हुन्न
सजाएका कल्पनाको शहरको भर हुन्न

यो एक जिन्दगीको पलमा तिमी र म
जिन्दगीका हरेक पल प्रहरको भर हुन्न

तिमी भन्छौ साँचो माया मेरो तिमीलाई छैन
आफ्नै मनको कहिलेकाही ठहरको भर हुन्न

मनको इच्छा सधैं  व्यवहार बाटै थाह हुन्छ
भावना माथी जबरजस्ती कहरको भर हुन्न

उन्मत्त माद जवानीमा आउँछ एकबार सबैलाई
सम्हाल्नु पर्छ जवानीको नहरको भर हुन्न

गजल

Posted by Unknown | 03:20 Categories: ,

को भन्छ परदेशमा पैसाको बोट छ
भो नपत्याउ कोहि चोट माथी चोट छ

तिमी आफ्नो भाग्य नबिगार मेरो सुझाव
के गर्नु मेरो त भाग्य माथी खोट छ

उठाउन खोजे जीवन यहाँ आएरै पनि
थपिन्छ बोझ फेरि जिवन लोट छ

बसेर के गर्नु छ यहाँ  यी महलहरुमा
उता लड्न आँटेको मेरो घर गोठ छ

फर्किन्छु स्वदेशमै फलाउँछु सुन उतै
गर्ने कोहि देशमै मेरो अब अठोट

गजल

Posted by Unknown | 03:20 Categories: ,

यो जिन्दगी तिमीलाई दिएँ बन्धकी लौ
तिम्रै भर बाँचुन्जेल दिएँ जिन्दगी लौ

जे भन्छौ जे गर्छौ तिम्रो नै अधिकार भो
सहि होस या गलत चाहे दिएँ सम्मती लौ

मन मिले माया भए केके गर्छु भन्थ्यौ
गरौँ अब साथैमा छु हेरौँ प्रगती लौ

यो जिन्दगी सुम्पेपछी चाहे देउ तरबार धार
तिमी सँग पनि केहि राख्दिनँ बिमती लौ

Sunday, 3 January 2016

गजल

Posted by Unknown | 05:19 Categories: ,

सिउँदोमा कसैको सिन्दुर देखेपछी रोएँ
तिमीले पराइको संघार टेकेपछी रोएँ

तिमी महलकी रानी मेरो झुप्रे संसार
माया धनको पर्खालले छेकेपछि रोएँ

गरेँ कोसिस सकेसम्म यहाँबाट उम्कन
नसकेर बिवशताले सेकेपछी रोएँं

नदेखे बेस हुन्थ्यो मन त फाट्ने थिएन
तिमीलाई बर्षौँ पछी भेटेपछि रोएँ

सोचेजस्तो भएन जीवन तिमी साथै ज्युने
बिधाताले कर्म यस्तै लेखेपछी रोएँ

गजल

Posted by Unknown | 05:19 Categories: ,

आजभोली यो जिन्दगी मरे जस्तै भा छ
बन्दी भा छ जेल भित्रै परे जस्तै भा छ

बिगतलाई संझनामा केवल ल्याउँदा मात्र
अंगअंग दुख्छ जीवन झरे जस्तै भा छ

यो मन नै मन सँग छैन साथ पाउँदिन
आजभोलि मन अन्तै सरे जस्तै भा छ

खुशीको वहार ल्याउँछु भन्थेँ जीवनमा
हाँसो मेरो ओठ बाटै हरे जस्तै भा छ

माया थियो कसैको जिन्दगीमा थोरै
पाइएन साथ यो जुनिलाई टरे जस्तै भा

Friday, 1 January 2016

गजल

Posted by Unknown | 07:52 Categories: ,

छोडेर आजै आउ मेरो पास भन्छिन
मेरि प्रीया कति देखाउँछौ आश भन्छिन

यहाँ आफू बन्धक झैँ बस्नु परेको छ
उता बाट कतिन्जेल बस्या दास भन्छिन

हे प्रीये आउनलाई अब नगर्नुस है ढिला
पछुतो नमान्नु देखि मेरो लास भन्छिन

धेरै भो छुटेको अब बाँच्नै पो गाह्रो भो
नदेख्दा हजुर फेर्नलाई सारो सास भन्छिन

हजुरलाई नदेखी जीवन जाला झैँ भा छ
नगर्नु यो बढी अब समय नाश भन्छिन।

Monday, 14 December 2015

मेरो मन माझ फुलोस यस्तो होस जीवन साथी
साथमा मेरो संसार भुलोस यस्तो होस जीवन साथी

दुनियाँ यो हेर्छ छुट्टै नजरले हर मान्छेलाई
मेरो सामु सधैं खुलोस यस्तो होस जीवन साथी

उज्यालो हुन धरतीमा घाम मुस्काउनै पर्छ
ओठमा सधैं हाँसो झुलोस यस्तो होस जीवन साथी

आवरणमा मात्र त के नै पढ्न पाइन्छ र
मेरो अन्तरंग डुलोस यस्तो होस जीवन साथी

म उसलाई आफ्नो मनमा सधैं गर्व गरिरहुँ
थोपाथोपा रगतमा घुलोस यस्तो होस जीवन साथी

Sunday, 6 December 2015

गजल

Posted by Unknown | 19:45 Categories: ,

शहरमा मन काट्ने धार देखेँ
बरु पाखे भनिने मन उदार देखेँ

जति शिक्षित भएँ भन्छ यो शहर
संस्कृतीमाथी उति नै प्रहार देखेँ

शहरका गगनचुम्बी महल रिझाएर
गाउँमा दमन गर्ने सरकार देखेँ

मन भित्र पापको झोली बोकेर
निधारमा ॐकार मुहार देखेँ

केही समयको यो शहर बसाइमा
शहरिया जीवनको स्वार्थी सार देखेँ


Tuesday, 3 November 2015

रसिक भयो कि?

Posted by Unknown | 20:10 Categories:

तयार भइ नुहाउन सारा लुगा खोली
देख्दैछु म खुस्काउँदैछे कस्सिएको चोली

मीठो स्वरमा मैले उसलाई बोलाएँ नामले
लजाए झैँ भइ अनि आउन यतै बोली

बोलाएपछी म पनि गएँ बसेँ उसकै छेउ
सोचेँ मेरै सामु नुहाउँदा क्षति होलि

नुहाउन शुरु गरि हाली मेरै सामुन्नेमा
फेरि भनी नुहाइदेउ न मलाई जिउ मोलि

इच्छा थियो आदेशको वचन पालना भो
निर्लज्ज छे भन्छे फेरि आउन है भोलि
😂

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube