Monday, 6 April 2015

विविध

Posted by Unknown | 04:09 Categories:

DICTIONARY मात्र एउटा त्यस्तो ठाउँ हो जसमा 1. Death, Life भन्दा अगाडि आउछ ।
2. End, Start भन्दा अगाडि आउछ ।
3. Divorce, Marriage भन्दा अगाडि आउछ ।
4. Child, Parents भन्दा अगाडि आउछ ।
5. Evening, Morning भन्दा अगाडि आउछ ।
6. Result, Test भन्दा अगाडि आउछ ।
7. Destination, Struggle भन्दा अगाडि आउछ । 8. Dinner, Lunch भन्दा अगाडि आउछ ।
9. Doctor, Fever भन्दा अगाडि आउछ । केवल एउटा चीज़ Dictionary मा ठीक आउछ र त्यो हो 'FRIENDS' जुन Relatives भन्दा अगाडि आउछ ।

गजल

Posted by Unknown | 04:07 Categories:

गाऊँ र शहरको कुरा छुट्टै हुन्छ बिज्ञा
बाध्यता र रहरको कुरा छुट्टै हुन्छ बिज्ञा

सुख कल्पनाको पहाड हुन्छ सबको मनमा
पियुष र जहरको कुरा छुट्टै हुन्छ बिज्ञा

जीन्दगी यो पक्कै पनि अलि लामो होला
जीवन र एक प्रहरको कुरा छुट्टै हुन्छ बिज्ञा

सुख दुख जीन्दगीमा आउँछन अनि जान्छन
नदि र नहरको कुरा छुट्टै हुन्छ बिज्ञा

के सोचिन्छ जीन्दगीमा भइदिन्छ अर्कै
यथार्थ र रहरको कुरा छुट्टै हुन्छ बिज्ञा

गजल

Posted by Unknown | 04:03 Categories: ,

माग्दा माग्दै देशमा न्याय सकिएको छ
दोषी लाई हुन्छ भन्ने सजाय सकिएको छ

थियो त्यो जमाना न्याय नपाए गोर्खा जानू
इतिहास भो सिलसिला प्राय सकिएको छ

के बुझ्न खोज्नुहुन्छ न्याय बिहिन देशमा न्याय
केहि नबोली सरकारको राय सकिएको छ

बेथिति हट्ला अनि फेरि सुन्दर देश होला
जो थियो अब त्यो मनसाय सकिएको छ

कसरी बाँच्न सक्ने खै जिन्दगी यो देशमा
अब ज्युने मनको आशा हाय सकिएको छ

Sunday, 5 April 2015

गजल

Posted by Unknown | 05:41 Categories: ,

रहरहरु गुम्सिएर मन भित्रै रहे प्रिया
कल्पनाका शहरहरु चकनाचुर भए प्रिया

कथा समान बनेको छ आजभोलि जिबन मेरो
खुशी परेलिको बाटो आँसुसँगै बहे प्रिया

थाह थिएन सोचिएन जिवन पनि यस्तो होला
तिम्रो बियोग मनमुटुले चुपचाप सहे प्रिया

परेली मेरो छुट्यौ तिमी ओभानो भएको छैन
बिगत सारा मनमा आउँछ भाब सारा बहे प्रिया

रमाउ तिमी सक्छौ त भुलिदेउ अतित सारा
कल्पनामै बाँच्छ तिम्रो यो एक्लो समय प्रिया

Friday, 3 April 2015

गजल

Posted by Unknown | 02:51 Categories: ,

तलतल लाग्दा मुखमा लाउन पान भए पो मजा
सुस्त बोल्दा सुन्ने तिम्रा कान भए पो  मजा

भन्छौ तिमी बिदेशमा छौ रमाइलो गर
आफु सँगै यहाँ तिम्रो ज्यान भए पो मजा

के कमाउनु आफु मात्र भोको छ सडकमा
कमाएको अनुपातमा दान भए पो मजा

धन हुने सबको यहाँ कहाँ रहनु किर्ती
गरिब नै तर सबको सम्मान भए पो मजा

अस्तित्व नै गुम्न सक्ने खतरा छ हेर
निर्धक्क भै बाँच्न पाउने शान भए पो मजा

२८-०२-२०१४

Wednesday, 1 April 2015

दुई चार दिन

Posted by Unknown | 05:03 Categories: ,

पाउनेछौ तिमीले मलाई बेर्न पर्ख दुइचार दिन
ति आँखाले आँखा भरी हेर्न पर्ख दुइचार दिन

नहुँदा म तिम्रो सामु यस्ता भाव लेख्छौ तिमी
साथै भए कस्तो हुन्छ केर्न पर्ख दुइचार दिन

दुइ जिवन एक धड्कन बाध्यता हो समयको
एकै धड्कन एकै स्वास फेर्न पर्ख दुइचार दिन

पाउनेछौ जहाँ  तहिँ साथ अब जुनि   भरि
न्यानोपनले यो मनलाई घेर्न पर्ख दुइचार दिन

प्रतीक्षाको फल मिठो पक्कै हुन्छ हेर्दै जाउ
नआउ आवेशमा आफु सेर्न पर्ख दुइचार दिन

०१-०४-२०१५

Sunday, 22 March 2015

परिबर्तन

Posted by Unknown | 02:14 Categories: ,
मुन्धुम त्रिपिटक अनो गिता जल्न थाले
सचेत बनौँ देशमा गुम्बा मन्दिर ढल्न थाले
नयाँपनको नारा लगाइ संस्कृति सखाप पार्न
बिदेशीका दुत देशै भरी चल्न थाले
दियो नबलेको गुम्बा मन्दिरमा धेरै भयो
संस्कार भाँज्न अन्तै मैन बत्ती बल्न थाले
उठौँ युवा नयाँ जोश लिइ सभ्यता थाम्न
संस्कृतिका जग यहाँ यसै गल्न थाले
रक्षक हाम्रो देशका हामीले जसलाई मान्यौं
नेता बिचार भुली बिदेशी पाउ मल्न थाले
१४-११-२०१४

Friday, 20 March 2015

कुरो

Posted by Unknown | 04:44 Categories:

मन किनिँदैन उपहारले
न त माया सुनको जुहारले

काट्छौ मान्छेलाई त रेट्छौ
बिचार छिनाउँदैन तरबारले

रोउ कराउ तिमि जस्तै पिडा होस
आवाज सुन्दैन सिंहदरबारले

सम्बन्ध सधैंलाई चिराइदिन्छ
माया आइदिने सानो दरारले

अघि नबढ बन्दुक उठाउँदैछ
मार्न खोज्दैछ जनता सरकारले
१६-०९-२०१४

गजल

Posted by Unknown | 04:37 Categories: ,

हेर्दै मात लाग्ने नजर छ उसको
मोहनी जादु लाउने अधर छ उसको

उ हेर्नमा जति सुन्दर शालिन छे
भावनामा घमण्डको शहर छ उसको

बुझ्दै नभुझ्ने अनि बहुलठ्ठी पन छ
हार्नु हुन्न एउटै ठहर छ उसको

बिपरित छ साँच्चै उ अनि मेरो मन
बोलिमा जादु संगै जहर छ उसको

म छु उहि खालको नचाहेरै हेर्छु
मेरो मन बाध्य पार्ने कहर छ उसको

१२-१२-२०१४

गजल

Posted by Unknown | 04:17 Categories: ,

साँवा भन्दा चर्को ब्याज चलेकै छ
मेरो दिलमा उनको राज चलेकै छ

जनताको सरकारले मार्दैछ जनतालाई
श्रम मुल्य भन्दा बढी प्याज चलेकै छ

अस्पतालमा बिरामी छट्पटाएर मर्छन
डाक्टर साबको शहरमा काज चलेकै छ

बलात्कार भो पिडित झुन्डिएर मरिन
सुन्दैछु पिडक बिना लाज चलेकै छ

हटाए श्रीपेच दरबार बाटै निकाले
नेताका शिरमा उहि ताज चलेकै छ

०९-१२-२०१४

गजल

Posted by Unknown | 04:04 Categories: ,

बद्लिने एकदिन यो मन अवस्य
मनसंगै बदलिन्छ जिवन अवस्य

प्रकृति चलिरहन्छ भन्न सक्छौ तिमि
लाग्छ एकदिन रोकिने छ पवन अवस्य

घात भरोसा गरिएकै बाट हुन्छ सधैं
मन कठोर निर्दोश नयन अवस्य

भावना बुझ्नै खोज्दैन दुनियाँ अहिले
राम्रो रुप हुन्छ सबको चयन अवस्य

बाँच्नलाई जिवनको अर्थ थाह छ के
समयमा जिबन गर मनन अवस्य

गित

Posted by Unknown | 03:48 Categories:

केटा
मैले माया मारेर के भयो
एकपात झरेर के भयो
तिमि त बोट हौ सुक्नुपर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटि
भन्छौ मलाई मनकी धनी छु
तिमि बिना जिबन रितिन्छु
चोखो यो मायामा लुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटा
तिमि नै छौ मेरो यो मनमा
अंगाल्नलाई गाह्रो छ जिबनमा
तिमि त बोट हौ सुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटि
खुशी भए तिमि लौ म बिना
सकिनेछ जिबनको यो चिना
चोखो यो मायामा लुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटा
प्रिय् तिमि त्यो बचन नबोल
पुरा गर्छु मेरो नै कबोल
तिमि त बोट हौ सुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटि
छोडी गाउँ यो शहर
पुरा हुन्छन जहाँ यि रहर
चोखो यो मायामा लुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

केटा
हाम्रो हुन्छ मायामा लौ जित
हासौं बाचौं रमाइलो प्रित
तिमि त बोट हौ सुक्नु पर्दैन
त्यो मुटु दह्रो छ दुख्नु पर्दैन

२८-११-२०१४

देशको बारे

Posted by Unknown | 03:27 Categories:

लथालिङ्ग देश हुँदा दुखेको छ छाती
मौलाएका देख्छु सधैं देशमा राष्ट्रघाती

पिर छैन यि नेतामा अमनचयन देख्छु
जनतामा दिनमा भोकप्यास निद छैन राती

यस्तै देशको जाल हुँदै म त मरिजाउँला
सिंगो नेपाल नदेख्लाकी मेरो आफ्नै नाती

देशबिकास गर्ने नाउँमा हुन्छ खिचातानी
लालायित बनाउन नेता राज्य नानाभाती

सुन्छु सरकार बाँड्छ रे देश जातिपिच्छे
सहन्छ को यो संबिधान यस्तो पक्षपाती

गजल

Posted by Unknown | 03:18 Categories: ,
घरमा बिहे गर्न छ दबाब उनि भन्छिन
मलाई तिमिमै छ लगाव  उनि भन्छिन
म नाइँ भन्दैछु कर गरिरहेका छन
भइदियो समयकै अभाव उनि भन्छिन
लौन केहि सुल्झाउनु परेको छ जुक्ति
परिवारको मन गर्नु छ बदलाब उनि भन्छिन
तिमी नपाइन्जेल हुन्न भन्न पाइयोस
दैब राखिदेउ सदभाब उनि भन्छिन
उमेर पुगि छोरी दुनियाँ कुरा काट्छ
तत्काल परिस्थिति खराब उनि भन्छिन

गजल

Posted by Unknown | 03:10 Categories: ,

सुधार छिट्टै व्यबहार आमा भन्नुहुन्छ
बना आफ्नै घरबार आमा भन्नुहुन्छ

रात रहे अग्राख पलाउँदै जान्छ बुझेस
सम्हाल आफ्नै परिवार आमा भन्नुहुन्छ

जवानीमा दुख गरि भबिष्यलाई सुख
रमाउने हुनुपर्छ आधार आमा भन्नुहुन्छ

जे जति छन मैले तेरा साँचेका सपना
चाहनालाई बना साकार आमा भन्नुहुन्छ

जसको खबर उसको धन उखान बुढो भयो
परिवारको सानो आकार आमा भन्नुहुन्छ

गजल

Posted by Unknown | 03:08 Categories:
सुधार छिट्टै व्यबहार आमा भन्नुहुन्छ
बना आफ्नै घरबार आमा भन्नुहुन्छ
रात रहे अग्राख पलाउँदै जान्छ बुझेस
सम्हाल आफ्नै परिवार आमा भन्नुहुन्छ
जवानीमा दुख गरि भबिष्यलाई सुख
रमाउने हुनुपर्छ आधार आमा भन्नुहुन्छ
जे जति छन मैले तेरा साँचेका सपना
चाहनालाई बना साकार आमा भन्नुहुन्छ
जसको खबर उसको धन उखान बुढो भयो
परिवारको सानो आकार आमा भन्नुहुन्छ
  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube