Tuesday, 7 July 2015

गजल

Posted by Unknown | 19:24 Categories: ,

सबै मान्छे जगतमा दिलदार भेटिँदैन
हो अनि साँच्चै  सबै उदार भेटिँदैन

आफ्ना नै जिबनमा काँडा बनिदिन्छन
पराइको मात्र सबै प्रहार भेटिँदैन

नौनी पनि मनमा पसि छुराले झैँ गर्छ
घाउ पार्ने तिखा मात्र धार भेटिँदैन

चोट दिन्छन गनि गनि मनकै साथहरु
जानी जानी घाउ बनाउने तरबार भेटिँदैन

सोचेजस्तो जिन्दगी भइदिए कहाँ यस्तो
जिबनका हजार सपना साकार भेटिँदैन

Monday, 6 July 2015

स्वागत

Posted by Unknown | 12:14 Categories: ,

तिमीलाई दिलको बारीमा स्वागत
मेरै नयन वारि पारीमा स्वागत

चन्चलता कामुकतामा नआउ भेट्न
हरपल सारी चोलिमा स्वागत

बन्दकोठा अस्मिता कहाँ सुरक्षीत छ
चौतारी भञ्ज्याङ् छहारीमा स्वागत

न पोखियोस बैँस जवानी क्षणभरमा
तिमीलाई लजालु नारीमा स्वागत

झिम्क्याउँदा परेली तिमीले मलाई
खोलुन नयन लुकामारीमा स्वागत

गजल

Posted by Unknown | 12:13 Categories: ,

मेरो माया झुट थियो कि समयले भन्छ
भेल थियो कि अटुट थियो समयले भन्छ

लगाउँछौ अहिले आरोप छुटी गए पछि
निश्चल थियो कि कर्तुत समयले भन्छ

बेइमानी तिम्रा त मैले हजार पाएको छु
निराधार थियो कि सबुत समयले भन्छ

माया गर्ने बहानामा यो मनमा जे जे गर्‍यौ
अभ्यास थियो कि लूट समयले भन्छ

भन्न त जे नै भन्न सक्छौ माया मारेपछी
छोडनु मनमा फुट थियो कि समयले भन्छ

Saturday, 4 July 2015

गीत

Posted by Unknown | 08:38 Categories: ,

मन दिन्छु मन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

तिमीलाई सधैं हेर्न म मन पराउने
हेर्दाहेर्दै कल्पना सागरमा हराउने
नयन दिन्छु नयन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

जुनि जुनी तिमीलाई चोखो माया गर्छु
फुल्दा तिमी सँगै अनि तिमी सँगै झर्छु
वचन दिन्छु वचन देउ मायालु
जीवन दिन्छु जीवन देउ मायालु

न त तिमी जुन हौ न त तिमी  धुन
मलाई भने लाग्ने मन तिम्रै पास हुन

मागौँ त दैब सँग केवल तिम्रै साथ
के गर्नु र तिमी बिना हिर्स मोति सुन

धनसम्पत्ती दौलत सारा भएर नै के र
चाहिन्छ चौरासी ब्यन्जन माथी नुन

तास या मलमलमा सजिनु नि ब्यर्थ
ढाक्न पाए पुग्यो शरीर लिइकन उन

माया यो तिमीलाई जुनिजुनी सम्म
तिम्रै नाममा बग्ने गर्छ शरीरमा खुन

Thursday, 11 June 2015

खै त?????

Posted by Unknown | 05:42 Categories: ,

तिमीले दिन्छु भनेको त्यो प्यार खै त
हृदयको ढुकढुकीको स्याहार खै त

जिबनमा साथै बाँचौ मर्न तयार भन्थ्यौ
आफ्नो बाचा मान्न तिमी आफू तयार खै त

अब फेरि कुन मनले बिश्वास तिमी गरुँ
मैले गर्ने आधारमा तिम्रो पत्यार खै त

साहस भए दुनियाँलाई जित्न कठिन हुन्न
दृढ तिम्रो बिस्वासको हतियार खै त

राजिनामा गर्छु भन्छ्यौ माया मेरो नाममा
साक्षी बस्ने किनाराका सँधियार खै

कसरी भो

Posted by Unknown | 05:13 Categories: ,

धिर तिम्रो मनको यो हाल कसरी भो
पहिलेभन्दा पुरै बेग्लै चाल कसरी भो

माया नै जिन्दगीको बाँच्ने आधार भन्थ्यौ
फेर्छौ बोली अहिले माया जाल कसरी भो

पुजा गर्थ्यौ पबित्र हो भन्दै   प्रेमलाई
अनि भन्छौ प्रेम फेरि जाल कसरी भो

संयम अनि परिपक्व लाग्थ्यौ तिमी मलाई
पिरती आँसुको अनि ताल कसरी भो

भावनाका पहाडहरु मनमै अटाउँथ्यौ
सागर झैँ पहाड डुबाउने छाल कसरी भो

Wednesday, 10 June 2015

गजल

Posted by Unknown | 09:54 Categories: ,

आकाश नै झार्छु भन्थिस कहाँ छस तँ समय
सबको शेखी मार्छु भन्थिस कहाँ छस तँ समय

जिन्दगीमा आउन दिन्नँ कुनै दुख बाधा
मुहान सबै बार्छु भन्थिस कहाँ छस तँ समय

दुख आए जिबनमा परिपक्व बन्छु म
उही जीवन खार्छु भन्थिस कहाँ छस तँ समय

डुबेको छस बाध्यताको यो भुमरी बिच
स्वतन्त्र मन पार्छु भन्थिस कहाँ छस तँ समय

जो हो भाग्य भोग्नुपर्छ भन्ने जान्दाजान्दै
भावीको लेख टार्छु भन्थिस कहाँ छस तँ समय

परदेशमा

Posted by Unknown | 09:54 Categories: ,

नसोच प्रीय बिदेशमा मोज अनि मस्त छ
यो समय तिमीलाई सोच्नमै समस्त छ

रंगीचंगी कल्पनाको तिम्रो त्यो शहरभन्दा
जीवन पो के हुन्छ यो मन यसै त्रस्त छ

भुली गयो बाचाकसम निष्ठुरी यहाँ खाएका
नसोच्नु हेर तिम्रो प्रीय यहाँ अति नै ब्यस्त छ

यहाँ आयो र मसँग माया लायो गयो भुल्यो
सोच्न होला यो यस्तै माया लाउन अभ्यस्त छ

एकातिर हाम्रो माया अर्को जीवन ज्युनु पर्ने
सोच्नै गाह्रो पर्छ प्रीय जीवन अस्तब्यस्त

तिम्रै नै भर परेँ र पो बिर्सिनलाई सकिएन
तिमीलाई माया गरेँ र पो बिर्सिनलाई सकिएन

टाढा थियोे म बाट अलि अलि गर्दागर्दै
हृदय नजिक सरेँ र पो बिर्सिनलाई सकिएन

नभनेरै कति कुरा तिमीलाई म बाट नै
अथाह खुशी भरेँ र पो बिर्सिनलाई सकिएन

तिमी लाई आफ्नो संसारै सम्झिएर
आफ्नै सपना हरेँ र पो बिर्सिनलाई सकिएन

हररात तिमी सँगै कल्पनामा हराउँदा
आँसु बनी झरेँ र पो बिर्सिनलाई सकिएन

गजल

Posted by Unknown | 00:15 Categories: ,

देशको धेरै याद यदि छ त यहीँ प्रवाशमा छ
निस्सार एक्लो रात यदि छ त यहीँ प्रवाशमा छ

यहि काम स्वदेशमा गर्दा अहँ नसकिने
सक्ने बलियो हात यदि छ यहीँ प्रवाशमा छ

कौतुहलता जाग्छ उस्तै उसैमाथी अधैर्यता
ब्यग्रताको मात यदि छ यहीँ प्रवाशमा छ

आराम छैन पालो छैन सारा काम आफैं माथी
काममा खात खात यदि छ त यहीँ प्रवाशमा छ

विकसित छ मान्छेले मान्छे मान्छे मान्दैन
बिझाउने बात यदि छ त यहीँ प्रवाशमा छ

Tuesday, 9 June 2015

गजल

Posted by Unknown | 23:11 Categories: ,

बुद्ध माथि देशमा अपमान भएको छ
हिटलरलाई नजानेरै सम्मान भएको छ

निर्दोषलाई सजाय दिइ दोषी छाड्ने
देशको कानुन अन्धो समान भएको छ

शान्ति भुमि लडाइँको केन्द्र भएर नै
पबित्र गंगा साटो रक्त स्नान भएको छ

विवेक यो देशमा रहेको देख्दिन म
सतिसराप देशमा बरदान भएको छ

डर लाग्छ चाला देख्दा नेतृत्व लिनेको
अनेक राज्यमा देशको चिरान भएको छ

कसैको लागि

Posted by Unknown | 23:11 Categories: ,

तिम्रो त्यो तस्बिरको के बर्णन गरुँ
जवानी त्यो शरिरको के बर्णन गरुँ

लोभिन्छन मन मुटु नयन तिमी मै
के होला तक्दिरको के बर्णन गरुँ

नियाल्छु हरपल संझिन्छु तिमी नै
देख्छु मन अधिरको के बर्णन गरुँ

नजर स्पर्श मात्र मेरो त तिमी सँग
डाह लाग्छ यो समिरको के बर्णन गरुँ

भावमा डुबिरहेछु तिमीलाई देखेपछि
यो मन छ अस्थिरको के बर्णन गरुँ

Monday, 1 June 2015

गजल

Posted by Unknown | 03:18 Categories: ,

यो धरती यो आकाश तिम्रै लागि
अन्तिम पलको सास तिम्रै लागि

आफुलाई भन्दा धेरै माया छ तिमीलाई
जिबन अर्पण मेरो खास तिम्रै लागि

रमाउ सजाउ फ्याँक या जे नै गर
केवल यो मनमा छ बास तिम्रै लागि

मर्न तयार छ मन जुनसुकै बेला पनि
रहन्छु तर सदा आसपास तिम्रै लागि

तिम्रै साथ मेरो अन्तिम मात्र हो चाहना
नपाए बाँचेर हुन्छु म लास तिमै लागि

गजल

Posted by Unknown | 03:18 Categories: ,

यहाँ आफ्नो हाल बेहाल बेहाल छ
अनि तिम्रो ताल बेहाल बेहाल छ

कहाँ तिमी र मेरो जिवनको यात्रा हुने
हाम्रो आफ्नै चाल बेहाल बेहाल छ

मनमा किन यस्तो तरंग आइरहेको
सोचाइको खाल बेहाल बेहाल छ

दिनसँगै महिना फेरि बित्छ अझै कति
बित्ने हरेक साल बेहाल बेहाल छ

कहिले छुट्याएर किनारामा बिचमा कहिले
जिन्दगीको छाल बेहाल बेहाल

गजल

Posted by Unknown | 03:18 Categories: ,

प्रीयाले खुशीको संसार मागिन
मेरो जिउने एउटै आधार मागिन

म बाँच्न सक्दिनँ भनेकै थिएँ
भएन मुटु उपहार मागिन

के भन्छौ त माया गर्छु भन्दै
हेर्नलाई मायाको चमत्कार मागिन

अयोग्य भएँ रे मायाको खेलमा
अनि कसैको उनले प्यार मागिन

दुबैको जित हुने प्रेमको खेलमा
प्रीयाले मसँग हार मागिन

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube