Monday, 4 January 2016

गजल

Posted by Unknown | 03:20 Categories: ,

मनमा अनगिन्ती आउने रहरको भर हुन्न
सजाएका कल्पनाको शहरको भर हुन्न

यो एक जिन्दगीको पलमा तिमी र म
जिन्दगीका हरेक पल प्रहरको भर हुन्न

तिमी भन्छौ साँचो माया मेरो तिमीलाई छैन
आफ्नै मनको कहिलेकाही ठहरको भर हुन्न

मनको इच्छा सधैं  व्यवहार बाटै थाह हुन्छ
भावना माथी जबरजस्ती कहरको भर हुन्न

उन्मत्त माद जवानीमा आउँछ एकबार सबैलाई
सम्हाल्नु पर्छ जवानीको नहरको भर हुन्न

गजल

Posted by Unknown | 03:20 Categories: ,

को भन्छ परदेशमा पैसाको बोट छ
भो नपत्याउ कोहि चोट माथी चोट छ

तिमी आफ्नो भाग्य नबिगार मेरो सुझाव
के गर्नु मेरो त भाग्य माथी खोट छ

उठाउन खोजे जीवन यहाँ आएरै पनि
थपिन्छ बोझ फेरि जिवन लोट छ

बसेर के गर्नु छ यहाँ  यी महलहरुमा
उता लड्न आँटेको मेरो घर गोठ छ

फर्किन्छु स्वदेशमै फलाउँछु सुन उतै
गर्ने कोहि देशमै मेरो अब अठोट

गजल

Posted by Unknown | 03:20 Categories: ,

यो जिन्दगी तिमीलाई दिएँ बन्धकी लौ
तिम्रै भर बाँचुन्जेल दिएँ जिन्दगी लौ

जे भन्छौ जे गर्छौ तिम्रो नै अधिकार भो
सहि होस या गलत चाहे दिएँ सम्मती लौ

मन मिले माया भए केके गर्छु भन्थ्यौ
गरौँ अब साथैमा छु हेरौँ प्रगती लौ

यो जिन्दगी सुम्पेपछी चाहे देउ तरबार धार
तिमी सँग पनि केहि राख्दिनँ बिमती लौ

Sunday, 3 January 2016

गजल

Posted by Unknown | 05:19 Categories: ,

सिउँदोमा कसैको सिन्दुर देखेपछी रोएँ
तिमीले पराइको संघार टेकेपछी रोएँ

तिमी महलकी रानी मेरो झुप्रे संसार
माया धनको पर्खालले छेकेपछि रोएँ

गरेँ कोसिस सकेसम्म यहाँबाट उम्कन
नसकेर बिवशताले सेकेपछी रोएँं

नदेखे बेस हुन्थ्यो मन त फाट्ने थिएन
तिमीलाई बर्षौँ पछी भेटेपछि रोएँ

सोचेजस्तो भएन जीवन तिमी साथै ज्युने
बिधाताले कर्म यस्तै लेखेपछी रोएँ

गजल

Posted by Unknown | 05:19 Categories: ,

आजभोली यो जिन्दगी मरे जस्तै भा छ
बन्दी भा छ जेल भित्रै परे जस्तै भा छ

बिगतलाई संझनामा केवल ल्याउँदा मात्र
अंगअंग दुख्छ जीवन झरे जस्तै भा छ

यो मन नै मन सँग छैन साथ पाउँदिन
आजभोलि मन अन्तै सरे जस्तै भा छ

खुशीको वहार ल्याउँछु भन्थेँ जीवनमा
हाँसो मेरो ओठ बाटै हरे जस्तै भा छ

माया थियो कसैको जिन्दगीमा थोरै
पाइएन साथ यो जुनिलाई टरे जस्तै भा

Friday, 1 January 2016

गजल

Posted by Unknown | 07:52 Categories: ,

छोडेर आजै आउ मेरो पास भन्छिन
मेरि प्रीया कति देखाउँछौ आश भन्छिन

यहाँ आफू बन्धक झैँ बस्नु परेको छ
उता बाट कतिन्जेल बस्या दास भन्छिन

हे प्रीये आउनलाई अब नगर्नुस है ढिला
पछुतो नमान्नु देखि मेरो लास भन्छिन

धेरै भो छुटेको अब बाँच्नै पो गाह्रो भो
नदेख्दा हजुर फेर्नलाई सारो सास भन्छिन

हजुरलाई नदेखी जीवन जाला झैँ भा छ
नगर्नु यो बढी अब समय नाश भन्छिन।

Monday, 14 December 2015

मेरो मन माझ फुलोस यस्तो होस जीवन साथी
साथमा मेरो संसार भुलोस यस्तो होस जीवन साथी

दुनियाँ यो हेर्छ छुट्टै नजरले हर मान्छेलाई
मेरो सामु सधैं खुलोस यस्तो होस जीवन साथी

उज्यालो हुन धरतीमा घाम मुस्काउनै पर्छ
ओठमा सधैं हाँसो झुलोस यस्तो होस जीवन साथी

आवरणमा मात्र त के नै पढ्न पाइन्छ र
मेरो अन्तरंग डुलोस यस्तो होस जीवन साथी

म उसलाई आफ्नो मनमा सधैं गर्व गरिरहुँ
थोपाथोपा रगतमा घुलोस यस्तो होस जीवन साथी

Sunday, 6 December 2015

गजल

Posted by Unknown | 19:45 Categories: ,

शहरमा मन काट्ने धार देखेँ
बरु पाखे भनिने मन उदार देखेँ

जति शिक्षित भएँ भन्छ यो शहर
संस्कृतीमाथी उति नै प्रहार देखेँ

शहरका गगनचुम्बी महल रिझाएर
गाउँमा दमन गर्ने सरकार देखेँ

मन भित्र पापको झोली बोकेर
निधारमा ॐकार मुहार देखेँ

केही समयको यो शहर बसाइमा
शहरिया जीवनको स्वार्थी सार देखेँ


Tuesday, 3 November 2015

रसिक भयो कि?

Posted by Unknown | 20:10 Categories:

तयार भइ नुहाउन सारा लुगा खोली
देख्दैछु म खुस्काउँदैछे कस्सिएको चोली

मीठो स्वरमा मैले उसलाई बोलाएँ नामले
लजाए झैँ भइ अनि आउन यतै बोली

बोलाएपछी म पनि गएँ बसेँ उसकै छेउ
सोचेँ मेरै सामु नुहाउँदा क्षति होलि

नुहाउन शुरु गरि हाली मेरै सामुन्नेमा
फेरि भनी नुहाइदेउ न मलाई जिउ मोलि

इच्छा थियो आदेशको वचन पालना भो
निर्लज्ज छे भन्छे फेरि आउन है भोलि
😂

गजल

Posted by Unknown | 20:09 Categories: ,

मैले माया गर्ने मान्छे टाढा भएपछि
उसको मन अर्कैसँग गाढा भएपछि

ऊ आउने बाटो भरी फुल किन छरुँ
मैले छर्ने फुल पनि काँडा भएपछि

सँगालेको यो मनलाई मैले उसकै लागि
बिश्वास टर्‍यो उसको मन छाडा भएपछि

यो मन अचेल रुँदै मर्दैछ दिनका दिन
मायामा पहिलेभन्दा बढी भाडा भएपछि

मिलाउने जिबनलाई बिताउने साथ सपना
पूरा नहुने भो लक्ष्य अलग डाँडा भएपछि

गजल

Posted by Unknown | 20:09 Categories: ,

निष्ठुरीलाई चोखो माया भएन रे गर्दा पनि
आफ्नो मनै खाली गरि उसको मन भर्दा पनि

मेरो मनको मझेरिमा आउने बाटो पत्थर भन्छ
आफू काँढा माथी टेकि बाटोमा फुल छर्दा पनि

लुकाएर आँशुहरु हाँसिदिन्छु उसका सामु
म सुखमा ऊ दुखमा भन्छ कि म मर्दा पनि

दुनियाँलाई चुनौती दिई साथै दिन खोज्छु उसको
अझै पराइ बन्न खोज्छौ भन्छ नजिक सर्दा पनि

कहिलेकाहीँ घमण्डीको संज्ञा दिन्छ सहन्छु म
दिनदिन उसको पाउमाथी मेरो शीर झर्दा पनि

Monday, 2 November 2015

गजल

Posted by Unknown | 05:21 Categories: ,

सुनसान रातमा तिमी र म हुँदा कस्तो होला
हातले तिम्रा कोमल अंग छुँदा कस्तो होला

अन्धकार बिच  बनिएका जवानीका हाम्रा
सहमतिमा मिलाउने बुँदा कस्तो होला

बाँधिएर आलिंगनमा स्पर्श अधरमा त्यो
तप्प हर्षित आँसु अनि चुहुँदा कस्तो होला

मिलाइदियो भेटाइदियो हामी दुईलाई धन्य
देखिँदैन मन बुझ्ने यो खुदा कस्तो होला

जीवन भरी तिमी सँगै भए गइन्न भो स्वर्ग
छुटी गए माया हाम्रो रुँदा कस्तो होला?

गजल

Posted by Unknown | 05:20 Categories: ,

मनमा थियो थोरै माया त्यो पनि जलेछ कि
एक्लो सुरमा हिँड्दा हिँड्दै जिन्दगी गलेछ कि

सजाएको आस्थाको ठूलो थियो महल
देख्दिनँ म भावनामा बज्रपातले ढलेछ कि

कहाँ गयो आधा मुटु आधा मात्र म सँग छ
निष्ठुरीलाई साथ दिन उनीसँगै चलेछ कि

प्रतिबिम्ब आफ्नो त हरायो कि म बाट
यादमा सारा उसको मेरो आकृति बलेछ कि

देखाइदियो अन्तै तिर निष्ठुरीलाई दैवले
रमिता हेर्न बिधाताले मेरै भाग्य छलेछ कि?

Saturday, 31 October 2015

गजल

Posted by Unknown | 08:10 Categories: ,

आधारातमा अलिअली पिउँदैछु सराब यो
उनकै यादमा जिन्दगी बनाउँदैछु खराब यो

छुटेपछि उनिसँग साथ मेरो जिन्दगीको
मर्ने कि बाँच्ने एक्लै चल्दैछ टकराव यो

चारैतिर बाढी अनि बिचमा छु म उभिएको
यहाँ भन्दा हुनु छैन जिन्दगी धराप यो

छाल माथी नियतिको आएको जिवनमा
देख्दैछु म हिँड्ने बाटो जिन्दगीको घरबराव यो

आशा इच्छा मरिसके छैन एउटा पनि केही
भोग्दैछु जिन्दगीमा अनेक उतारचढाव यो

गजल

Posted by Unknown | 08:10 Categories: ,

आउँछ कोहि जिन्दगीमा हात दिएर जान्छ
अलिअलि जवानीको मात दिएर  जान्छ

नाता नयाँ भइन्जेल हाइहाइ कति कति
थामिसक्नु हुन्न माया खात दिएर जान्छ

मान्नुपर्छ जे भने नि भनि दिन्छ प्यारो
मानिन्जेलको समय मात्र साथ दिएर जान्छ

सधैं भरी मन एकै नाश कहाँ हुन सक्नु
निहुँ खोज्छ अनि अनेक बात दिएर जान्छ

नपाइन्जेल पीयूष माया पाए पछि बीस
प्यासीले प्यास मेट्छ अनि घात दिएर जान्छ

गजल

Posted by Unknown | 08:09 Categories: ,

माया कतै नलगाउनु हजुर भन्नूहुन्छ
मन कतै नभगाउनु हजुर भन्नुहुन्छ

स्वार्थी छ यो दुनियाँले रुवाउन सक्छ
साथ दिई नसघाउनु हजुर भन्नुहुन्छ

सुतेको छ  मन यहाँ माया प्रेम बिना
चन्चल मनले नजगाउनु हजुर भन्नुहुन्छ

जस्तो परोस दुखकष्ट दुनियाँका सामु
आँसु कहिले नबगाउनु हजुर भन्नुहुन्छ

भुलिदिनु सारा संसार जस्तै मैले भुलेँ
प्रेमले मेरो नअघाउनु हजुर भन्नुहुन्छ

  • RSS
  • Delicious
  • Digg
  • Facebook
  • Twitter
  • Linkedin
  • Youtube